सेयर बजारमा कोरोनाको इफेक्ट : लकडाउनको हल्लाले भित्रिए लगानीकर्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७८ पुष २५

काठमाडौं : साताको पहिलो दिन नेप्से परिसुचक उच्च रुपमा बढ्न पुगेको छ । बजार खुलेदेखिनै उकालो लागेको नेप्से परिसुचक अन्तमा ७३ अंकले बढ्दै २ हजार ७६५ अंकमा पुगेर अडिएको छ ।

अघिल्लो हप्तादेखि बढ्न सुरु गरेको बजार कोरोना संक्रमण फैलिएसँगै उच्च रुपमा बढ्न थालेको छ । कोरोना संक्रमणमा कारण अन्य क्षेत्र बन्द हुन सक्ने भन्दै लगानीकर्ताहरु सेयर बजारमा झुम्मिन थालेको समग्र लगानीकर्ताहरु बताउँछन् । ‘केहीदिन यता कोरोना संक्रमण उच्च रुपमा फैलिएर दैनिक १ हजारको हाराहारीमा पुगेको छ भने विश्वव्यापी रुपमा पछिल्लो समय देखिएको ओमिक्रोन भाईरस पनि देखिन थालेको छ,’ एक लगातीकर्ताले भने, ‘जसका कारण अन्य क्षेत्र बन्द हुन आशंकामा लगानीकर्ताहरु सेयर बजारमा झुम्मिएका हुन् ।’

नेपालमा कोरोनाका कारण पहिलो पटक लकडाउन हुँदा न्यून बिन्दुमा रहेको नेप्से परिसुचक बजार खुलेलगत्तै उच्च विन्दु चुम्न पुगेको थियो । अहिले पनि कोरोना संक्रमण बढ्दै जाँदा पुनः सेयर बजारमा सबै क्षेत्रका लगानीकर्ताको प्रवेश हुने भन्दै बजारमा पर्ख र हेर अवस्थामा रहेका लगानीकर्ताहरु समेत प्रवेश गर्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । आईतबार नेप्से परिसुचकका साथै कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । दैनिकजसो ३÷४ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएको सेयर बजारमा आज ७ अर्ब १० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २३९ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *