खुशिको खबर ! पतञ्जलीले आईपीओ निष्कासन गर्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ६

बाबा रामदेवको पतञ्जली आयुर्वेद कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। हालै बाबा रामदेवले यसबारे खुलासा गरेका हुन्। ‘कम्पनीको आईपीओ यो वर्ष आउँदैन तर यो वर्षको अन्त्यसम्म आईपीओ निष्कासनको निर्णय हुन सक्छ’, रामदेवले भनेका छन्, ‘हामी हतारमा निर्णय गर्ने पक्षमा छैनौँ, यसका लागि थोरै समय लगाउने छौँ।’

बाबा रामदेवले हाल रुचि सोयाको एफपीओ निष्कासनका लागि विभिन्न संस्थागत लगानीकर्ताहरुसँग छलफल भइरहेको पनि खुलासा गरेका छन्। ‘रुचि सोयाको भने छिटै एफपीओ जारी हुन सक्छ’, उनले भने। रुचि सोयामा लगानीकर्ताहरुले लगानीका लागि चासो देखाइरहेको पनि रामदेवले बताए। ‘एफपीओ निकाल्दाको मूल्य हालका सेयरधनी तथा सम्भावित सेयरधनीहरुको हितमा राखेर राखिने छ’, उनले भने। सन् २०२१ मा पतञ्जलीको टर्नओभर भारु ३० हजार करोड अधिक रहेको छ। यसमा रुचि सोयाको बिक्रीको योगदान भारु १६ हजार करोडभन्दा बढी रहेको छ। पतञ्जलीले डुब्न लागेको न्युट्रिला सोया कम्पनी सन् २०१९ मा भारु ४ हजार ३५० करोडमा किनेको थियो। सन् २०२० मा यो कम्पनीको सेयर प्रतिकित्ता भारु १७ मा स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो। हिजो मंगलबार यो कम्पनीको प्रतिकित्ता सेयर भारु १ हजार १७७ माथि पुगेको छ। – एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *