आईपीओ निष्कासन प्रस्तावसहित हिमालयन रिइन्स्युरेन्सले डाक्यो एजीएम

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन २०

काठमाडौं – हिमालयन रिइन्स्युरेन्सले १२ कात्तिकमा पहिलो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । कम्पनीको सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे आयोजना हुनेछ । 

सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ । हिमालयन रिइन्स्युरेन्स औपचारिक रूपमा सञ्चालनमा आउनै बाँकी भए पनि आईपीओ जारी गर्ने प्रस्ताव अघि सारिएको हो ।

यस्तै, चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्नेलगायतको एजेन्डा छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *