|
२०८३ श्रावण १०
काठमाडौँ : काठमाडौँ र धादिङ जोड्ने नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबारदेखि सञ्चालनमा आउने भएको छ। करिब रु २९ अर्ब लागतमा निर्माण भएको यो आयोजना सात वर्षपछि उद्घाटन हुन लागेको हो।
जापान सरकार र नेपाल सरकारको लगानीमा बनेको सुरुङको मुख्य भाग २.६८ किलोमिटर लामो छ भने आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। निर्माणमा ढिलाइ भए पनि अब चरणबद्ध रूपमा सवारी सञ्चालन गरिने जनाइएको छ।
सुरुङ प्रयोगका लागि सवारीअनुसार शुल्क निर्धारण गरिएको छ भने पैदलयात्री, दुईपाङ्ग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश अनुमति नदिइने बताइएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्