राष्ट्रपतिमा मत माग्दै रास्वपा कार्यालय पुग्यो एमाले नेताहरुको टोली

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

आसन्न राष्ट्रपति निर्वाचनका लागि आफ्ना उम्मेदवारलाई मत माग्दै एमालेका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यलय बसुन्धरा पुगेका छन्। एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाएका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोली रास्वपा पार्टी सभापति रवि लामिछानेलाई भेट्न बसुन्धरा पुगेको हो। 

नेम्वाङसहित उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव योगेश कुमार भट्टराई लगायतका नेताहरु बसुन्धरा पुगेका हुन्। यसअघि उक्त टोलीले बिहिबार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *