मधेस प्रदेशमा जनमत पार्टीले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको चर्चा तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । मधेस प्रदेशमा जनमत पार्टीले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको चर्चा तीव्र भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालले एमालेसँग मिलेर सरकार बनाउने तयारी गरिरहेको छ । तर पार्टीभित्रै सरकारमा जाने–नजाने विषयमा मतभेद देखिएको छ।

मुख्यमन्त्रीका लागि जसपा नेपालबाट जितेन्द्र सोनल, सरोज यादव र लालबाबु राउत मुख्य दाबेदार छन् । अध्यक्ष उपेन्द्र यादवसँग यसबारे आन्तरिक छलफल जारी छ।

एमालेले कसलाई समर्थन गर्ने भन्ने निर्णय भने अझै गरेको छैन र सर्तसहित मात्र सहयोग गर्ने संकेत दिएको छ। उता जसपा र लोसपा बीचको एकता पनि पूर्ण भइनसकेकोले निर्णय जटिल बनेको छ ।

यसबीच जनमत पार्टीभित्रको विवादले पनि प्रदेश सरकारको समीकरण प्रभावित बनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *