मधेश प्रदेश सभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । मधेश प्रदेश सभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मधेश प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरेर मधेश प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को यही वैशाख ९ गतेको बैठकले आज मध्यरातदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *