बारा–२ मा जसपाको गढमा चुनौती दिँदै कांग्रेस, एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २६

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा–२ मा लगातार तीन पटक निर्वाचित हुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो वर्चश्व कायम गरेको छ ।

यस पटक भने यो निर्वाचन क्षेत्रमा जसपा नेपालको गढ भत्काउन नेपाली कांग्रेस, नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीले आ–आफ्नै अनुकूल हुने गरी रणनीति बनाएको देखिन्छ ।

२०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । २०७९ मा निर्वाचित भएलगत्तै यादव उपराष्ट्रपति बनेपछि यस क्षेत्रमा २०८० वैशाखमा भएको उपनिर्वाचनमा जसपा नेपालकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । त्यसैले पनि यो क्षेत्रमा जसपा नेपाल बलियो प्रतिस्पर्धी मानिएको हो ।

फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रबाट जसपा नेपालका रामकिशोर यादव, नेपाली कांग्रेसका भैयाराम यादव, नेकपा एमालेका बलबिर चौधरी, नेपाली कम्युनिस्ट पार्टीका रमेश यादव, रास्वपाका चन्दन सिंह, जेनजी आन्दोलनपछि गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीका शिवचन्द्र कुशवाहा लगायत उम्मेदवार छन् ।

२०७४ र २०७९ को निर्वाचनमा जस्तो यसपटक मधेसवादी दलहरूप्रति मतदाता खासै उत्साहित छैनन् भने नेपाली कांग्रेसभित्र जिल्ला तहमा ठुलो अन्तरविरोध र कलह छ । कुनै संगठन नभएको रास्वपाका बारेमा भित्री मधेसका पुराना मतदाता बेखबर छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *