कांग्रेस दमक सभापति प्रसाईंले बालेनलाई सघाउने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ६

काठमाण्डौँ । नेपाली कांग्रेसका झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यतासमेत त्यागेको घोषणा गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । ‘म प्रकाश प्रसाईं। आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु,’ प्रसाईंले लेखेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई सहयोग गर्ने बताएका छन् । ‘काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *