कांग्रेस सभापति देउवाले कार्यवाहक पूर्णबहादुर खड्कालाई दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २८

काठमाण्डौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

उनले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई हस्तान्तरण गरेको बताएका हुन् ।

खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् ।

भदौ २४ भएको जेनजी आन्दोलन पछि देउवा पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका हुन् । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्ने देउवाको भनाइ थियो ।

साथै उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए भने नियमित महाधिवेशन हुने पनि बताएका छन् ।

उनले आफू पाँच पटक प्रधानमन्त्री भए पनि पूरा कार्यकाल चलाउन नपाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *