|
२०८३ श्रावण १९
कर्णाली : जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको पुरानो देवदारको रूख ढलेपछि स्थानीयवासी दुःखी बनेका छन्। पुस्तौँदेखि आस्था र प्राकृतिक सम्पदाको प्रतीक मानिएको उक्त रूख करिब ४०० वर्ष पुरानो भएको स्थानीयको अनुमान छ।
रूख ढल्दा टेलिफोन तथा विद्युत्का खम्बा र केही धानबालीमा सामान्य क्षति पुगे पनि मानवीय क्षति भएको छैन। डिभिजन वन कार्यालय जुम्लाले रूखको वास्तविक उमेर र विशेषताबारे वैज्ञानिक अध्ययन गरिने जनाएको छ।
स्थानीयले उक्त स्थानलाई ऐतिहासिक स्मृतिका रूपमा संरक्षण गर्दै मन्दिर वा चौतारी निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्