काठमाण्डौँ । आगामी माघको अन्तिम सातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ ।
पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल मैदानमा फ्लडलाईटमा आहा रारा गोल्डकप हुने छ । फ्लडलाईट जडान गर्ने विषयमा सहारा क्लबले सम्झौता समेत गरिसक्यो । प्रतियोगिताको उदघाटन नै बत्तीमा खेलाउने योजनासहित काम अघि बढाइएको सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिएका हुन् ।
“उदघाटन खेल नै बत्तीमा खेलाउने योजना छ । योजना अनुसार प्राविधिकले बत्ती जडान गर्ने छन् । जडान भ्याइएको अवस्था प्रतियोगिता रातीमा खेलाउने क्लबको लक्ष्य छ ।” थापाको भनाई थियो ।
बत्ती जडानको लागि क्लबले कोशी फुलबारी क्रिकेट क्लबका अध्यक्ष शिवकुमार यादवसँग सम्झौता भईसकेको जनाएको छ । सम्झौताअनुसार फुटबल मैदानको चार दिशामा बत्ती जडान गरिनेछ र एउटा पोलामा १६ वटासम्म बत्ती जडान गरिने छ ।
बत्तीको उचाई ३५ फिटको हुने क्लबले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्