|
कार्तिक १७, २०८३
काठमाडौं । काठमाडौँको सुन्दरीजलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
ट्राफिक प्रहरीका अनुसार सोमबार राति सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय सन्तोष ढुङ्गानाको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको हो। अर्का मोटरसाइकल चालक ५० वर्षीय टीकाराम गुरुङ घाइते भएका छन्।
प्रहरीका अनुसार ठक्कर दिने मोटरसाइकलका २४ वर्षीय चालक आशबहादुर तामाङले मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्