|
२०८३ आश्विन ३०
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यकाबाट यस वर्ष करिब १० लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। पूर्वाधार विकास समितिको अध्ययनअनुसार सार्वजनिक यातायातमार्फत मात्रै ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु उपत्यकाबाहिर जान सक्नेछन्।
समितिका सभापति आशिष गजुरेलका अनुसार यात्रुको चाप फूलपातीदेखि अष्टमीसम्म सबैभन्दा बढी हुनेछ। यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन ४३ हजारदेखि ६५ हजारसम्म सार्वजनिक सवारीका ट्रिप आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।
यात्रुमध्ये ४८ प्रतिशतभन्दा बढीलाई ठूला बसले सेवा दिने अनुमान छ भने माइक्रोबसले ४३ प्रतिशत र मिनीबसले ९ प्रतिशत यात्रु बोक्नेछन्। दसैँमा बढ्ने यात्रुको चापसँगै सडक जाम र सुरक्षित यात्राको व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्