काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १९.८९ अङ्कले ओरालो लागेको छ । साताको तेस्रो दिन बजार परिसूचक घटेर २७४१.९७ विन्दुमा झरेको हो । यस दिनको कारोबारमा कुल ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच भयो ।
बजारमा आज घट्ने कम्पनीहरूको बाहुल्यता रह्यो । आज कारोबार भएकामध्ये कुल २९ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा २२१ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।
आज बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीहरूको सूचीमा हिमस्टार ऊर्जा कम्पनी रह्यो । उक्त कम्पनीको शेयर ९.९८ प्रतिशतको वृद्धि भएको छ ।
त्यसैगरी ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका ऋणपत्रहरूमा उच्च वृद्धि देखियो । बजारमा आज उन्नति सहकार्य लघुवित्तको सेयर सर्वाधिक अङ्कले घट्यो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी २२ करोड ७० लाख रुपैयाँको सेयर किनबेचसहित अगाडि रहेको छ

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्