|
२०८३ जेष्ठ १९
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक निर्वाचनसम्बन्धी सबै प्रक्रिया तत्कालका लागि स्थगन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले उजुरी तथा विवादका कारण छानबिन नसकिँदासम्म अधिवेशनहरू रोक्ने निर्णय गरेको हो।
आयोगका प्रमुख भुवन केसीको अध्यक्षतामा बसेको बैठकले बागमती र मधेस प्रदेशका विभिन्न जिल्लामा जारी तथा प्रस्तावित वडा, पालिका र जिल्ला अधिवेशनहरू स्थगन गर्ने निर्णय गरेको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका सहित बागमतीका केही स्थान तथा सप्तरी, सिराहा, महोत्तरी, धनुषा र सर्लाहीका विभिन्न तहका अधिवेशनहरू प्रभावित भएका छन्। आयोगले जेठ १७ गतेसम्म सम्पन्न प्रक्रियाबाहेक सबै गतिविधि अर्को निर्णय नआएसम्म रोक्न निर्देशन दिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्