|
२०८३ असार ४
कैलाली । चुरे गाउँपालिकाले दुग्ध तथा मासु उत्पादन बढाउने उद्देश्यले व्यावसायिक पशुपालक किसानलाई अनुदान वितरण गरेको छ। गाउँपालिकाले भैँसीपालन व्यवसायमा संलग्न १० जना किसानलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको जनाएको छ।
यस्तै, बाख्रापालनलाई प्रोत्साहन गर्न छुट्टै बजेटमार्फत किसानलाई अनुदान प्रदान गरिएको छ। स्थानीय तहले पशुपालन क्षेत्रलाई आयआर्जनको भरपर्दो माध्यम बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
यसैबीच, चुरे गाउँपालिका–६ ले आर्थिक रूपमा कमजोर १० जना एकल महिलालाई जीविकोपार्जनमा सहयोग पुग्ने उद्देश्यले बाख्रा वितरण गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्