|
२०८३ आश्विन ४
मुस्ताङ — दसैँ–तिहारको बजारलाई लक्षित गर्दै चीनको तिब्बतबाट मुस्ताङमा भेडाच्याङ्ग्रा आउन थालेका छन्। कोरला नाकाबाट तीन दिनमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन्।
क्वारेन्टाइन जाँचपछि ल्याइएका पशुलाई लोमान्थाङका छुट्टाछुट्टै चरन क्षेत्रमा राखिएको छ। स्थानीय व्यापारी तथा जनप्रतिनिधिले पशुपालनका लागि ती भेडाच्याङ्ग्रा खरिद गरेका हुन्।
कोरला नाकाबाट पहिलोपटक कानुनी रूपमा आयात सुरु भएपछि चाडपर्वमा भेडाच्याङ्ग्राको आपूर्ति बढ्ने र मूल्यमा समेत प्रभाव पर्न सक्ने अपेक्षा गरिएको छ। नाकाबाट १० कन्टेनर भेडाको ऊनसमेत नेपाल आएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्