|
२०८३ आश्विन ११
बाँके । खेतमा लहलहाउँदै गरेको धान अचानक आएको हावाहुरीले ढलेपछि बाँकेका किसान समस्यामा परेका छन्। शनिबार वर्षासँगै चलेको हुरीले जिल्लाका विभिन्न स्थानमा धानबालीमा असर पुर्याएको हो।
नेपालगञ्ज–१९ मन्निपुर र डुडुवा गाउँपालिका–५ लगायतका क्षेत्रमा खेतमा लगाइएको धान ढलेको किसानहरूले बताएका छन्। हुरीका कारण धेरै ठाउँमा धान भुइँमा लडेको छ।
हावाहुरीबाट भएको क्षतिको वास्तविक अवस्था अझै यकिन भइसकेको छैन। कृषि ज्ञान केन्द्रले प्रभावित क्षेत्रको विवरण सङ्कलन गरिरहेको जनाएको छ।
केन्द्रका अनुसार बाँकेमा यस वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। क्षतिको पूर्ण विवरण आएपछि हुरीबाट भएको प्रभावको वास्तविक अवस्था स्पष्ट हुने जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्