हनुमन्तेको पानी बस्ती पस्ने जोखिम, लोकन्थलीका १६ परिवार सुरक्षित स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ९

भक्तपुर । हनुमन्ते खोलामा पानीको बहाव बढेसँगै भक्तपुरको लोकन्थली क्षेत्रमा जोखिम बढेको छ। खोलाको सतह बढेर बस्तीमा पानी पस्न सक्ने अवस्था देखिएपछि मध्यपुर थिमी नगरपालिका–१ स्थित सिर्जना टोलका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रहरीका अनुसार लोकन्थलीको होचो भूभागमा पानी पस्न सक्ने सम्भावना देखिएपछि स्थानीयवासीलाई जोखिमबाट जोगाउन उद्धार गरी सुरक्षित ठाउँमा लगिएको हो।

लगातार बढिरहेको पानीको चापका कारण उक्त क्षेत्रमा थप सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। सम्भावित डुबान तथा अन्य जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले अवस्थाको निगरानी गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *