एमाले–प्रलोपा नयाँ चुनावी समझदारी, पश्चिम रुकुममा जनार्दन शर्मालाई समर्थन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारीका क्रममा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच चुनावी तालमेलको नयाँ सहमति भएको छ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपा अध्यक्ष दुर्गा सोबले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। संशोधित सहमतिअनुसार पश्चिम रुकुममा एमाले उम्मेदवार जनार्दन शर्माको पक्षमा प्रलोपालाई समर्थन गर्न सहमति जुटेको छ। यसअघि उम्मेदवार रहेका सन्दीप पुनको नाम फिर्ता लिइएको जनाइएको छ।

यस्तै, कर्णालीका हुम्ला, जुम्ला, मुगु तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमाले उम्मेदवारका लागि सूर्य चिन्हमा मतदान गर्ने समझदारी भएको छ। सहमति कार्यान्वयनका लागि दुवै दलले आफ्ना कार्यकर्तालाई आवश्यक निर्देशन दिने निर्णय गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *