बागमती सरकारसँग एमालेको दूरी, मन्त्रीहरू सामूहिक बहिर्गमनको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

हेटौंडा : नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको छ। यससँगै एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिने तयारी गरेका छन्।

मन्त्रीहरू काठमाडौंबाहिर रहेकाले राजीनामापत्र एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमार्फत इमेलबाट मुख्यमन्त्री कार्यालयमा पठाइने तयारी भएको जनाएको छ। एमालेको निर्णयसँगै बागमती प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *