नेकपा कर्णालीमा सदस्यता नवीकरण अभियान तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ६

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशले एकमहिने सदस्यता नवीकरण अभियान थालेको छ।

प्रदेश समितिको निर्णयअनुसार सुरु गरिएको अभियानमार्फत हालसम्म करिब ३३ हजार सदस्यको सदस्यता नवीकरण भइसकेको प्रदेश संयोजक विमिला केसीले जानकारी दिइन्।

अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्यको नेतृत्वमा स्थानीय तह र प्रदेश समितिका पदाधिकारी तथा सदस्य सम्मिलित टोली परिचालन गरिने भएको छ।

पार्टीका अनुसार टोलीले टोल–टोलमा पुगेर सदस्यता नवीकरणसँगै पार्टीको राजनीतिक तथा वैचारिक धारणा, समसामयिक विषय र सदस्यको जिम्मेवारीबारे छलफल तथा प्रशिक्षण गर्नेछ। अभियानमा युवा सहभागिता वृद्धि र पार्टीको अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई समेत प्राथमिकता दिइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *