प्रतिनिधिसभा बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्तिसम्बन्धी प्रस्ताव अनुमोदनका लागि सभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *