सरकारसँग ६ बुँदे सहमति, ११ दिनको अनसन अन्त्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १९

काठमाडौँ । अनसनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग सरकारबीच ६ बुँदे सहमति भएपछि उनीहरूको ११ दिन लामो अनसन अन्त्य भएको छ। शुक्रबार भएको सहमतिसँगै दुबै जनाले अनसन तोडेका हुन्।

सरकार र अनसनरत पक्षबीच भएको सहमतिपत्रमा डा. भुसाल, हरिश विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्। सहमति भएपछि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा दुवैलाई जुस खुवाउँदै अनसन तोडाएकी थिइन्।

डा. भुसाल र विष्टले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराउन अनसन थालेका थिए। उनीहरूको मागमा जेन–जी आन्दोलनमा गोली चलाउनेमाथि कारबाही, आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाइ, भ्रष्टाचारको छानबिन तथा दोषीमाथि कारबाही र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्नुपर्ने विषय समेटिएको थियो।

सरकारसँग सहमति भएपछि उनीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन्। सहमति कार्यान्वयनका विषयमा सरकारले प्रतिबद्धता जनाएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *