रोमाञ्चक प्रतिस्पर्धामा नेपाल ३ रनले चुक्यो, नामिबियाको कठिन जित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण १२

काठमाडौं, साउन १२ — आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेच्टमा सोमबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको छ।

२१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले ४५, रोहित पौडेलले ४१, आरिफ शेखले अविजित ३८ तथा कुशल भूर्तेलले ३४ रन जोडे। अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। नामिबियाका ज्याक ब्रासेलले ३ तथा रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २११ रन बनाएको थियो। जान फ्रिलिङ्कले उत्कृष्ट शतक प्रहार गर्दै १०० रन बनाए भने लाउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए।

नेपालका करण केसीले १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे भने सोमपाल कामीले १ विकेट हात पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *