जंगली हात्तीको आक्रमणमा आमा र छोराको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २१

नारायणगढ :  चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एक आमा र उनका बालक छोराको मृत्यु भएको छ।

शनिबार राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

हात्ती धपाउने क्रममा आगो बाल्दा घरमा आगलागी समेत भएको थियो भने प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *