|
२०८३ जेष्ठ १३
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप तीन युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेमन परियार, दीपक श्रेष्ठ र दीपक राई रहेका छन्।
प्रहरीका अनुसार उच्च अदालत ओखलढुङ्गाको निर्देशनपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। यसअघि पनि सोही घटनामा एक किशोर पक्राउ परेर पुर्पक्षका लागि कारागार पठाइएका थिए।
रेश्मिका गत भदौ ३० गते मृत अवस्थामा फेला परेकी थिइन्। परिवारको किटानी जाहेरीपछि प्रहरीले घटनाको थप अनुसन्धान तीव्र बनाएको जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Carl333
May 27, 2026https://shorturl.fm/gkMGE