रास्वपाद्वारा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित र प्रभावकारी बनाउन विशेष समिति गठन गरेको छ। पार्टीले यो पहललाई पारदर्शी, समावेशी र योग्यतामा आधारित प्रणाली विकास गर्ने प्रयासका रूपमा लिएको छ।

पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो। समितिमा रामकुमार (आरके) ढुंगाना, समिक्षा बास्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कार्की (रोहन) सदस्यका रूपमा रहेका छन्।

समितिको हालै बसेको बैठकले विभिन्न तहका पार्टी संरचनाबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। प्राप्त सुझावका आधारमा व्यावहारिक र व्यवस्थित उम्मेदवार छनोट रूपरेखा तयार गरिने बताइएको छ।

रास्वपाले यस प्रक्रियामार्फत योग्य र सक्षम उम्मेदवार अघि सार्दै स्थानीय निर्वाचनमा प्रभावकारी सहभागिता जनाउने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *