टिस्टुङमा ट्रक दुर्घटना, त्रिभुवन राजपथ अवरुद्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २१

हेटौँडा ।  मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङमा ट्रक पल्टिँदा त्रिभुवन राजपथमा यातायात अवरुद्ध भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बाप्र०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १:३० बजे सडकमा पल्टिएको हो।

दुर्घटनामा चालक धुर्व घले घाइते भएका छन् र उनको पालुङ अस्पतालमा उपचार भइरहेको छ। ट्रक हटाएर सडक खुलाउने प्रयास प्रहरीले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *