काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १४ जना महिला उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ३८८ महिला उम्मेदवार प्रतिस्पर्धामा थिए।
विजयी हुनेमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक जना नेपाली कांग्रेसबाट छन्। कांग्रेसबाट दैलेख–१ की बासना थापा १२ हजार ३७२ मत ल्याएर निर्वाचित भएकी हुन्।
रास्वपाबाट झापा–२ मा इन्दिरा राना मगर, चितवन–३ मा सोबिता गौतम, झापा–१ मा निशा डाँगी, सर्लाही–१ मा नीतिमा भण्डारी कार्की, ललितपुर–३ मा तोसिमा कार्की र धादिङ–१ मा आशिका तामाङ विजयी भएका छन्।
यसैगरी सप्तरी–१ बाट पुष्पाकुमारी चौधरी, कास्की–३ बाट बिना गुरुङ, मोरङ–५ बाट आशा झा, महोत्तरी–४ बाट गौरी कुमारी, कैलाली–१ बाट कोमल ज्ञवाली, काठमाडौं–१ बाट रञ्जु न्यौपाने र मोरङ–६ बाट रुबिना आचार्य पनि निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा विभिन्न दलबाट ३८८ महिला उम्मेदवार प्रतिस्पर्धामा थिए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्