काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी युवाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार तीमध्ये ७० जना विभिन्न दलबाट र ८७ जना स्वतन्त्र उम्मेदवार हुन् ।
अघिल्लो प्रतिनिधिसभाका प्रमुख दलहरूमध्ये नेपाली कांग्रेसबाट एक जना पनि जेन–जी उम्मेदवार छैनन् । **नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)**बाट भने एक–एक जना मात्र जेन–जी उम्मेदवार रहेका छन् ।
सबैभन्दा धेरै जेन–जी उम्मेदवार **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**का छन् । रास्वपाले देशभर ८ जना युवालाई प्रत्यक्ष चुनावी मैदानमा उतारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना र जनमत पार्टीले ३ जना जेन–जी उम्मेदवार उठाएका छन् ।
यसैगरी, संसदमा नभएका केही नयाँ दलहरूले पनि युवालाई प्राथमिकता दिएका छन् । उज्यालो नेपाल पार्टीबाट ७ जना र श्रम संस्कृति पार्टीबाट ४ जना जेन–जी उम्मेदवार छन् ।
संविधानअनुसार प्रतिनिधिसभा सदस्य बन्न कम्तीमा २५ वर्ष उमेर आवश्यक हुने भएकाले यसपटक सीमित उमेर समूहका जेन–जी मात्रै उम्मेदवार बन्न पाएका हुन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्