|
२०८२ माघ २७
काठमाण्डौँ । नेपाली कांग्रेसले रामेछाप बस दुर्घटनामा घाइतेहरूको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ।
काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको पोल्थली तर्फ जाँदै गरेको पूर्व अरनिको यातायात सेवा समितिको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको थियो ।
तामाकोशी नदीमा बस खस्ता ६ जनाको घटनास्थलमै मृत्यु छ भने दर्जनौँ घाइते भएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १० पुगेको छ ।
कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटनामा परि ज्यान गुमाउनेहरूप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरूको आत्माको चिर शान्तिको कामना साथ शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्