काठमाण्डौँ । हालै विभिन्न हिमाली क्षेत्रमा गएको भीषण हिमपहिरोमा परी स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको घटनाप्रति नेपाली कांग्रेस पर्यटन विभागले गहिरो दुःख व्यक्त गरेको छ। विभागले विशेष रूपमा मेरो कार्कीसहित निधन भएका सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
विभागका प्रमुख तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य आङगेलु शेर्पाले जारी गरेको प्रेस विज्ञप्तिमा, हिमपहिरोमा परेर उद्धारको प्रतीक्षामा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरिएको छ। साथै, वेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
शेर्पाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक नेपाली नागरिकका परिवारलाई उचित राहत र सहयोग उपलब्ध गराउन सरकार र सरोकारवालाहरूलाई अनुरोध गरेका छन् । उनले विपत्को यस घडीमा सकेको सहयोगका लागि सम्पूर्ण नेपाली जनसमुदाय र पर्यटन क्षेत्रमा संलग्न संस्थाहरूसमेत एकजुट हुन अपिल गरेका छन् । शेर्पाले राष्ट्रिय एकता, द्रुत उद्धार र मानवीय सहयोग नै अहिलेको प्रमुख आवश्यकता रहेको समेत बताएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्