रवि लामिछानेको कार्यक्रममा आचारसंहिता नतोड्न प्रशासनको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमलाई लिएर निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

आज हुने भनिएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ निर्वाचन आचारसंहिताविपरीत नहोस् भनेर प्रशासनले सबै पक्षलाई सचेत गराएको हो। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घन हुन नदिन निगरानी कडा बनाइएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *