हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस्- ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा रहेका तथा बाहिर मतदाता नामावली भएका पार्टी कार्यकर्तालाई निर्वाचन प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रमा फर्कन निर्देशन दिएका छन्।

झापा–काठमाडौं सम्पर्क मञ्चले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले निर्वाचनको माहोल रहेको भन्दै पार्टीको पक्षमा जनमत बनाउन सक्रिय हुन आग्रह गरे। उनले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिँदै एमालेले निर्वाचन जित्ने दाबीसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *