इन्जुरी समयको गोलमा चेल्सीको नाटकीय पुनरागमन जित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १८

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले इन्जुरी समयमा निर्णायक गोल गर्दै वेस्ट ह्याम युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ।

२–२ को बराबरीमा रहेको खेलमा इन्जुरी समयको दोस्रो मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई महत्वपूर्ण तीन अंक दिलाए। लामो इन्जुरी समयका कारण खेल निकै तनावपूर्ण बनेको थियो।

खेलको सुरुवातमै वेस्ट ह्यामले अग्रता लिएको थियो। सातौँ मिनेटमा जारोड बोवेनले गोल गर्दै टोलीलाई अघि बढाए भने ३६औँ मिनेटमा क्रिसेन्सो समरभिलले गोल गर्दै पहिलो हाफमा वेस्ट ह्यामलाई २–० को बलियो अग्रता दिलाए।

तर दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्‍यो। ५७औँ मिनेटमा जोआओ पेड्रो र ७०औँ मिनेटमा मार्क कुकरेलाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयमा एन्जो फर्नान्डेजको निर्णायक गोलले खेलको नतिजा चेल्सीको पक्षमा पार्‍यो।

यस खेलमा वेस्ट ह्यामका जिन–क्लेयर तोडिबोले ११औँ मिनेटमै रातो कार्ड पाएका थिए। खेलभरि पहेँलो कार्डको पनि वर्षा भयो।

जितसँगै चेल्सीले २४ खेलबाट ४० अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। पराजित वेस्ट ह्याम भने २० अंकसहित १८औँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *