×

रियलको पुनरागमन जितमा भरानको दुई गोल

माघ २५, २०७७ | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले पुनरागमन जित हात पारेको छ । शनिवार राति भएको खेलमा रियलले हुयस्काविरुद्ध २-१ गोलको पुनरागमन जित हात पारेको हो ।

हुयस्काको मैदानमा एक गोलले पछि परेपनि रियलले पुनरागमन गर्दै जित हात पारेको हो । रियलको जितमा राफायल भरानले दुई गोल गरे । हुयस्काका जाभी गलनले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा जाभीको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।

भरान चम्किएपछि रियलले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ५५ औं मिनेटमा भरानले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ८४ औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २१ खेलमा ४३ अंक जोडेको छ । हुयस्का १६ अंक जोडेर पुछारमा रहेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: