लगातार चार हारपछि लिभरपुलको पुनरागमन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार खेल हारपछि लिभरपुलले अन्ततः जित हात पारेको छ।

गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० ले पराजित गरेको हो।


लिभरपुलका लागि मोहमद सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने रायन गाभेनबर्कले ५८औं मिनेटमा अर्को गोल गर्दै जित सुनिश्चित गरे।


यो जितसँगै लिभरपुलले १० खेलमा १८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ, जबकि एस्टन भिल्ला १५ अंकसहित ११औं स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *