१७ प्रहरी सम्पर्कविहीन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ११

काठमाडौं— नेपाल प्रहरीका १७ जना कर्मचारी लामो समयदेखि कार्यालयको सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

कात्तिक–मंसिरदेखि गैरहाजिर रहेका ती कर्मचारीलाई स्पष्टीकरणसहित उपस्थित हुन सूचनामार्फत भनिएको हो।

सम्पर्कविहीन हुनेमा एक जना प्रहरी सहायक निरीक्षक, एक हवलदार, एक सहायक हवलदार, ११ प्रहरी जवान र तीन कार्यालय सहयोगी छन्।

खोजतलास र सूचना टाँस्दासमेत सम्पर्कमा नआएपछि चेतावनी दिइएको हो। तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *