|
२०८२ माघ २
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिँदैछ। उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले एकै समयमा कार्यालय सञ्चालन गर्न लागेको हो।
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा बिहान ११ बजे कार्यालय खुल्ने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिएका छन्। आयोगका अनुसार सबै क्षेत्रमा एकसाथ कार्यालय खुलेपछि निर्वाचनको वातावरण थप सक्रिय हुने अपेक्षा गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्