|
२०८२ पुष ११
काठमाडौं, ११ पुस — माओत्सेतुङको १३३औँ जन्मजयन्तिको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै क्रान्तिकारी शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन्।
शुभकामना सन्देशमार्फत उनले मार्क्स–लेनिन–माओ र नेपाली क्रान्तिकारी अनुभवको समन्वय गर्दै समाजवादी क्रान्तिको मार्गमा अघि बढ्नुपर्ने बताए।
प्रचण्डले मतभेदभन्दा माथि उठी सार्वभौम, आत्मनिर्भर र समानतामूलक समाजवादी नेपाल निर्माणका लागि एकता आवश्यक रहेको उल्लेख गरे।
साथै, साम्राज्यवाद र नवउदारवादका कारण विश्वव्यवस्था संकटमा परेको भन्दै माओका विचार आज पनि राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र जनतामुखी लोकतन्त्रका लागि सान्दर्भिक रहेको उनको भनाइ छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्