प्रहरीमा इन्सपेक्टर र असईका दर्जनौँ पदमा भर्ना खुला

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौं — नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फका दर्जनौँ पदका लागि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ। मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाअन्तर्गतको भर्ती–छनोट शाखाका अनुसार २१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) तथा ४३८ जना सहायक निरीक्षक (असई) पदका लागि आवेदन माग गरिएको छ।

प्रहरी संगठनमा रिक्त रहेका पद पूर्ति गर्ने उद्देश्यले अघि बढाइएको यस भर्नामा इच्छुक उम्मेदवारले पूर्ण रूपमा अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन दर्ताका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा प्रवेश गरी Career सेक्सनअन्तर्गत रहेको Online Application मार्फत दर्खास्त पाउन सकिने जनाइएको छ।

अनलाइन आवेदन प्रणालीले देशभरका इच्छुक युवालाई सहज रूपमा प्रतिस्पर्धामा सहभागी हुन अवसर प्रदान गर्ने प्रहरी मुख्यालयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *