भ्यानको ठक्करबाट मोटरसाइकल चालक केदार केसीको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १३

दाङ — दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टीका २६ वर्षीय केदार केसीको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शुक्रबार घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही–१० नारायणपुरस्थित पशुपति बोर्डिङ स्कुल नजिक दुर्घटना भएको हो। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु १ ज ६२५८ नम्बरको पिकअप भ्यानले विपरीत दिबाट आउँदै गरेको केसी सवार रा २ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले बताएको छ।

ठक्करबाट गम्भीर घाइते भएका केसीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पिकअप भ्यानका चालकसहित सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। मृतक केसीको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *