राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री कँडेल पदमुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ९

सुर्खेत : कर्णाली प्रदेश सरकारको नेतृत्वमा परिवर्तन हुने संकेतसँगै मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले बैठकमै पद छाड्ने घोषणा गरेका हुन्।

राजीनामा घोषणा गर्दै कँडेलले सत्ता साझेदार दलबीचको समझदारी समयमै कार्यान्वयन हुन नसक्दा राजनीतिक अस्थिरता बढेको बताए। उनले विश्वासको आधार कमजोर बन्दै जाँदा सरकार सञ्चालन कठिन बनेको धारणा पनि राखे।

मुख्यमन्त्रीको राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूको गृहकार्य तीव्र हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *