महेश बस्नेत : सोसल मिडिया र न्युज फार्मिङले बलेको आगोमा घिउ थपेको छ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेको बताएका छन् ।

भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले राजनीतिक स्थिरता कायम हुन नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले अस्थिर राजनीतिले भ्रष्टाचारलाई प्रश्रय दिएको, सुशासन कमजोर बनाएको तथा विभिन्न विकृति र विसंगतिहरू जन्माएको बताए । यसकै कारण जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुप्रयोग बढेको उल्लेख गर्दै उनले ‘सोसल मिडिया फार्मिङ’ र ‘न्युज फार्मिङ’ जस्ता गतिविधिले जनताको निराशा झन् बढाएको दाबी गरे ।

बस्नेतले यस्तो परिस्थितिमै निर्वाचन भइरहेको उल्लेख गर्दै सबै दलहरू चुनावमा सहभागी भइरहेको बताए । भदौ २३ र २४ गतेका घटनापछि समाज नै त्रसित बनेको जस्तो देखिएको उनको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *