काठमाण्डौँ । अभिनेत्री निशा अधिकारी गतिशील लोकतान्त्रिक पार्टीबाट निर्वाचनको उम्मेदवार बनेकी छन् ।
उनी आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं. ५ बाट पहिलोपटक उम्मेदवार बनेकी हुन् । उनको चुनाव चिह्न ब्याट्री रहेको छ ।
चुनाव नजिकिँदै गर्दा निशाले फेसबुकमार्फत आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । ‘यो दस्तावेज वाचा र नाराको सूची होइन, यो मैले प्रतिनिधिसभामा पुगेर के(कसरी काम गर्न चाहन्छु भन्ने स्पष्ट प्रतिबद्धता हो,’ उनले लेखेकी छन् ।
उनले राजनीतिलाई फरक ढंगले सोच्ने र आम नागरिकसँग नवीन सामाजिक करार गर्न आफू निर्वाचनमा होमिएको उनले उल्लेखसमेत गरेकी छन् ।
‘सगरमाथा देखि सदनसम्म’ भन्ने नारासहित उनले पाँच बुँदामा आफ्नो घोषणापत्र ल्याएको जानकारी दिएकी छन् । जसमा रोजगारी, महिला अधिकार, विकास तथा पूर्वाधार, खेलकुद र जेष्ठ नागरिकलगायतका विषय समेटिएको छ ।
दिगो रोजगारी, उद्यमशीलता र सहज व्यावसायिक वातावरणलाई पहिलो बुँदामा राखेकी छन् ।
महिलाको अर्थपूर्ण सहभागिता र स्वास्थ्य अधिकार उनको दोस्रो बुँदाले समेटेको छ । जसमा उनले महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न स्वास्थ्य अधिकार, सुरक्षा र निर्णयमा पहुँचलाई नीतिगत तथा व्यावहारिक रूपमा स्थापित गर्न लागिरहने प्रतिबद्धता जनाएकी छन् ।
तेस्रो बुँदामा सुरक्षित पूर्वाधार, स्वस्थ वातावरण र दिगो सहरी जीवन छ ।
खेलकुद, कला र सिर्जनशील अर्थतन्त्र चौथो र ज्येष्ठ नागरिकहरूको स्वाभिमान, सम्मान र सुरक्षित बुढ्यौलीलाई अन्तिम बुँदा बनाएकी छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Maximilian3671
February 4, 2026Refer customers, collect commissions—join our affiliate program!