महान्यायाधिवक्ताको कार्यालय कलङ्कित भएको केपी ओलीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महान्यायाधिवक्ताको कार्यालय इतिहास सम्मका लागि कलङ्कित र लज्जाको विषय भएको बताएका छन् । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधविरुद्धको मुद्दा फिर्ता लिने निर्णयप्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन् ।

बिहीबार ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’नामक पुस्तक लोकार्पण समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आज नेपालको राजनीतिमा दुई वटा कुरामा लडाइँ चलिरहेको भन्दै प्रतिक्रियावादीहरू नेपाल र नेपालीको सरकार बनाउन नदिन लागिरहेको ओलीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *