|
२०८२ मंसिर ३
काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
आज अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गरिने नेता गुरूराज घिमिरेले बताएका छन् ।
अनामनगरस्थित नविल बैंक रहेको भवनको आठौं तलामा पत्रकार सम्मेलन हुने बताइएको छ ।
विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाउन खोजे पनि उनले समय दिएका थिएनन् ।
साथै उनीहरूले केन्द्रीय समिति बैठक बसेका दिन केन्द्रीय कार्यालय घेराउ गर्दैछन् । भोलि केन्द्रीय समिति बैठक बस्दैछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्