काठमाण्डौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसभित्रको विवादलाई नजिकबाट हेरिरहेको बताएको छ ।
शुक्रबार आयोजित प्रेस ब्रिफिङमा आयोगले दलभित्रको विवाद आन्तरिक विषय भए पनि आयोगले नजिकबाट हेरिरहेको बताएको हो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले ‘कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो । त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैन । तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ ।’ उनले भनेका छन् ।
नेपाली कांग्रेसभित्र अहिले नियमित र विशेष महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । केही दिनअघिको कार्यसम्पादन समिति बैठकको बहुमतले आगामी बैशाखमा गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
विशेष महाधिवेशन आह्वानकर्ताहरूले भने २७ र २८ पुसमा विशेष महाधिवेशन बैठक आह्वान राखेका छन् ।
आयोगले यसलाई आन्तरिक लोकतन्त्रको विषय भएको बताएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्